प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको जीत

माघ ६, काठमाडौं —म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । म्यान्चेस्टर युनाइटेडले ब्रिग्टनलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ ।

पाउल पोग्बा र मार्कोस राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जिताएका हुन् । ब्रिग्टनका लागि भने पास्कल ग्रोसले गोल गरेका थिए । खेलको २७ औ मिनेटमा पोग्बाले पेनाल्टी गोल र ४२ औ मिनेटमा राष्फोर्डले गोल थिए ।

खेलको ७२ औ मिनेटमा ब्रिग्टनका लागि पास्कलल १ गोल गरेका थिए । तर बाँकी समयमा कुनै पनि टिमको गोल भएन । जितसँगै म्यान्चेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिदै २३ खेलबाट ४४ अंक बनाएको छ । भने पराजित ब्रिग्टनको २६ अंक रहेको छ ।