बन्दकर्ताद्धारा सुर्खेतमा दुई वटा मालबाहक ट्रकमा आगजनी

माघ, ५ काठमाडौं — नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्द अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार बिहान बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।
आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दले गर्दा सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन ।