विवादित गाडी नचाहिने भन्दै शर्माले गरे गाडी फिर्ता

माघ, ४ काठमाडौ — प्रदेश ५ प्रदेशसभाका संसदीय दलका नेपाली कांग्रेस नेता बलदेव शर्माले गाडी फिर्ता गरेका छन् । शुक्रबार पोखरेलले प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई उक्त गाडीको चावी र व्लु बुक बुझाएका हुन् ।

उनले प्रदेशसभाले उपव्ध गराएको लू १ झ ४४७ नम्बरको गाडी फिर्ता गरे। विवादित गाडी चाहिदैन बरु रिक्सामा सवार गर्छु भन्दै उनले गाडी फिर्ता गरेका छन् ।
प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरु बारे सार्वजनिक लेखा समितीले छानविन शुरु गरेसँगै उपलब्ध गराईएका गाडीहरु फिर्ता हुने क्रम बढेको छ । गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले गाडी फिर्ता गरेका थिए ।