माघ, ४ काठमाडौं —इण्डोनेसियालाई सेमिफाइनलमा ९३ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी(२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो। नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन्। यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । नेपालले फाइनलमा आजै हुने थाइल्याण्ड र युएईबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
वुमन्स टी ट्वेन्टी क्रिकेट —नेपाल फाइनलमा प्रवेश
