माघ ४ गते तपाईको आजको दिन

 

 

जोतिषआचार्य शिवराज रेग्मी

मेष राशिको लागि काममा सावधानी अपनाउँनु होला शत्रुपक्ष हावी हुन सक्छन् । यात्रामा केही समस्या आउँन सक्ने देखिन्छ ।

वृष राशिको आफ्नो प्रतिभाले अरुको मन जित्न सकिनेछ । समाजसेवामा मन जानेछ । मानसम्मानको अवसर प्राप्त होला ।

मिथुन राशिको लागि अध्ययनको क्षेत्रमा असफलता मिल्न सक्छ । आफन्तमा बेमेलको वातावरण सृजना हुनसक्छ आफू धैर्य भएर अगाडि बढ्नु होला ।

कर्कट राशिका लागि परिवारमा नयाँ सदस्यको आगमनले मन प्रशन्न होला । परोपकारको कार्यमा मन जानेछ । नसोचेको ठाँउबाट पैसा हात पर्न सक्छ ।

सिंह राशिका लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । प्रेमी प्रेमीकासँग भेटघाट भएर रमाईलो समय बित्ला । स्वास्थ्यमा सुधार आउँनेछ ।

कन्या राशिका लागि अभिभावकसँग भैझगडा पर्नसक्छ । मान सम्मानमा आँच आउँनसक्छ सावधान भएर अगाडि बढ्नु होला ।

तुला राशिका लागि दाम्पत्य सम्बन्धमा खिन्नता आँउनेछ । नचाहिने काममा धनखर्च होला । मानसिक चिन्ताले सताउँला ।

वृश्चिक राशिका लागि नयाँ व्यापारको थालनी होला । नयाँ घरमा प्रवेशको अवसर प्राप्त होला । सुखद यात्रा हुनेछ ।

धनु राशिका लागि धनप्राप्तिको नयाँ अवसर प्राप्त हुने र धनसञ्चय हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । पढाईमा मन जानेछ ।

मकर राशिका लागि आम्दानीमा कमी आउँनेछ । झुटा आरोप लाग्न सक्छ होसियार भएर काम गर्नु होला ।

कुम्भ राशिका लागि प्रेम सम्बन्धमा समस्या आउँनेछ । घरयासी झमेलाले मन विचलित रहला। कममा मन नजान सक्छ ।

मीन राशिका लागि रमाईलो समय बित्नेछ । रचनात्मक काममा मन जानेछ । मनोरञ्जनको कामा समय बित्नेछ ।