प्रधानमन्त्री ओलीद्वारा सुख्खा बन्दरगाह निर्माणको शिलान्यास

माघ ३,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सुख्खा बन्दरगाहा निर्माणको शिलान्यास भएको छ । कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज प्रधानमन्त्री ओलीले साविक हिमाल सिमेन्ट कारखानाले उपलब्ध गराएको चोभारस्थित ११.७७ हेक्टर जग्गामा स्थापित बन्दरगाहा निर्माणको शिलान्यास गरेको हो ।

बन्दरगाहा निर्माण पछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नखट्किने भएको छ । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्ष यस बन्दरगाहा हुनेभएपछि उपभोग्य सामानको अभाव नहुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले देशको विकास तीव्र गतिमा भएको बताउँदै सरकारका एक वर्षको समय कानुन निर्माण र अन्य तयारीमा बितेको बताए ।

संविधान बनेपनि कानुन नभएकाले एकवर्ष कानुन बनाउ समयमा लागेकोनले अबको समय काम गर्ने वातावरण बनाएका छौं, प्रधानमन्त्री ओले भने, अब देश तीव्र गतिमा अघि बढ्छ, बन्दरगाह निर्माणको काम सुरु भएको छ, स्थानीयबासीले रोजगार पनि पाउनेछन्, ”

“यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ। यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ,” ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस्। सरकारले सकारात्मक ढंगले लिनेछ” ओलीले भने ।

यसका साथै ओलीले निर्माण कम्पनीलाई वन्दरगाहको निर्माणको काम समयमै सकाउन पनि आग्रह गरे ।

१ अर्व,४८ करोड ३४ लाखको लागतमा बन्दरगाहाको निर्माण हुदैछ ।