फ्रान्सको राजदूतमा अधिकारी र थाइल्यान्डको राजदूतमा ढकाल अनुमोदित

माघ, ३काठमाडौँ — संसदीय सुनुवाइ समितिले थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल र फ्रान्सका लागि दीपक अधिकारीलाई राजदूतका रुपमा अनुमोदन गरेको छ ।  समितिले बिहीबार ढकाल र अधिकारीको नाम अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्ले सिफारिस गरेका यी नामहरु संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिद्वारा नियुक्ति पाउने छन् ।
ढकाल थाइल्यान्डका लागि राजदूत बनेसँगै कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूत पनि बन्नेछन् भने फ्रान्सका लागि राजदूतमा अनुमोदित अधिकारी डेनमार्कका लागि गैरआवासीय राजदूत बन्नेछन्।