सुक्खा बन्दरगाह निर्माणको विरोधमा उक्रिए स्थानीय, चोभारमा प्रदर्शन

माघ, ३काठमाडौँ — कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेको सुक्खा बन्दरगाहको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकामा मालसामान ढुवानी सहज बनाउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माणको अवधारणा ल्याइएको हो । स्थानीयले प्राकृतिक सौन्दर्य बिगार्नुका साथै धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भन्दै चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न नहुने माग गर्दै आएका छन् ।