प्रदेश ५ को स्थायी राजधानी कायम गर्न माग गर्दै कांग्रेसको प्रर्दशनी तयारी

माघ, ३ काठमाडौ —नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न प्र्रदेशसभाबाट ढिलाई भएको भन्दै खबरदारी स्वरुप प्रदर्शन र सभा गर्न भएको छ ।

वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको छ ।

कांग्रेसले बुटवलको ट्राफिक चोकमा बिहीबार दिउँसो १ बजे गर्ने सभामा कांग्रेस नेताहरु बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, चन्द्र भण्डारी, मानबहादुर बिकलगायतले सम्बोधन गर्ने छन्