चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्दै प्रधानमन्त्री ओली

माघ, ३ काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुक्खा बन्दरगाहको शिलान्यास गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्दरगाह निर्माण हुने भएको हो ।
स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माणको कामसुरु हुने भएको छ ।