माघ ३ गते तपाईको ग्रह नक्षण

 

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि मानहानिको सम्भावना देखिन्छ । आटेको कार्यमा विध्न आउँनेछ । अध्ययनमा रुचि घट्ने छ ।

वृष राशिको रमाईलो घुमघामको अवसर प्राप्त होला । गरेको कार्यबाट सफलता मिल्नेछ । शरिरमा स्फुर्ति आउला ।

मिथुन राशिको लागि अनावश्यक काममा भागदौड हुनेछ । बसाईसराईको योग छ । सन्चय गरेको धन खर्च होला ।

कर्कट राशिका लागि रोजगारिमा पदउन्नतिको अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाटको अवसर प्राप्त होला ।

सिंह राशिका लागि अध्ययनको कार्यबाट सफलता मिल्नेछ । प्रेमजीवनमा सुखी मिल्नेछ । आजदिन थालनी गरेको काममा सफलता मिल्दै जाने छ ।

कन्या राशिका लागि पेटको समस्याले सताउन सक्ने देखिन्छ स्वास्थ्यमा ख्याल गर्नुहोला । परिवारबाट टाढा जान सक्ने योग छ ।

तुला राशिका लागि बोलिका कारण बन्न लागेको काममा बाधा हुन सक्छ बोलिमा संयमता अपनाउँनु होला । शत्रुपक्ष सबल हुदै जाने छन् ।

वृश्चिक राशिका लागि राजनितिक कार्यमा सफलता मिल्नेछ । न्याय प्राप्ति हुनेछ । मन खुशी होला ।

धनु राशिका लागि सृजनात्मक कार्यमा मन जाने छ । प्रेममिलनको अवसर प्राप्त होला। नयाँ कामको थालनि हुनेछ ।

मकर राशिका लागि अध्ययनमा रुचि घट्नेछ । सामान्य कुराले दाम्पत्य दुरी बढ्नसक्छ ।

कुम्भ राशिका लागि अनावश्यक कुरामा झगडा होला । कार्यमा रोकावट आउँनेछ । आज गरेको काममा सफलता पाउन बढि मेहनत गनुपर्ला ।

मीन राशिका लागि वैदेशिक यात्राको अवसर प्राप्त होला। व्यापार व्यवसायबाट फाईदा मिल्ने देखिन्छ ।