नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद आज सकिँदै

माघ, २ काठमाडौ —नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज (बुधबार) बाट सकिँदै छ ।
बिधान अनुसार नेविसंघको केन्द्रीय समिति आज राती १२ बजेपछि स्वतः भंग हुनेछ । तर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० गतेका लागि मात्रै बोलाइएको छ।
पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिबेशन सम्पन्न भएको छ ।