प्रधानमन्त्रीद्धारा माघे संक्रान्तिको शुभकामना

माघ १, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति जस्ता मौलिक र परम्परागत सांस्कृतिक विविधताले राष्ट्रिय एकता झल्कने बताएका छन् ।

माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिने क्रममा प्रधानमन्त्री ओलीले मुलुक सांस्कृतिक विविधताका कारणले राष्ट्रिय एकता मजबुत बनेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शुभकामना मार्फत ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको बताएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले सबै जात जाति वर्ग क्षेत्रका समुदायको सहभागितामा निर्माण गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियान साकार पार्न अगि बढेको उल्लेख गरेका छन् ।

यो अभियान एक्लो प्रयासले सफल नहुने भएकाले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।