स्मार्ट लाइसेन्स गुणस्तरहिन छापिएको निष्कर्ष

माघ १, काठमाडौं -यातायात व्यवस्था विभागले पछिल्लो समयमा छाप्दै आएको स्मार्ट लाइसेन्स गुणस्तरीयहिन भएको निष्कर्ष निकालेको छ । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीयहिन भएको निष्कर्ष निकालेको हो ।

स्मार्ट लाइसेन्स गुणस्तरीयहिन छापिएपछि तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेट मार्फत गरिएको छपाइ रोकिएको छ ।

कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभागले आफ्नै मेसिनद्धारा स्मार्ट कार्ड छाप्ने तयारी गरेको छ । विभागमा महानिर्देशक लावण्य ढकालले एकपटक म्याद थप्दा मालिकाले ३ लाख ६० हजार भन्दा बढी कार्ड छापेको बताए ।

अहिले तत्तकाल छपाई वन्द गरिएको भएपनि कम्पनीलाई हटाउने कि फेरि थप कार्ड छपाउन दिने भन्ने विषयमा निर्णय नभएको उनले बताए । अब छापेको कार्ड र छाप्न बाँकी लाइसेन्सको संख्या हेरेर आवश्यक निर्णय लिन सकिने उनको धारणा छ ।

यद्यपी छपाई गुणस्तरीय नभएपनि ५ वर्षसम्म त्यो कार्ड टिक्छ,’ उनले भने । हाल ४ लाख भन्दा बढी सेवाग्राही लाइसेन्स कुरीरहेका छन् । लाइसेन्स प्राप्ति वा नवीकरणको सबै प्रक्रिया भएको एक वर्षसम्म पनि लाईसेन्स हात पर्न सकेको छैन ।

अहलिे मालिकाले प्रिन्ट गरेको ‘स्मार्ट लाइसेन्स’ प्लास्टिकले लेमिनेशन गरेर वितरण गरिदैछ । उसले करिब ४ लाख लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट’ गरेको हो ।

लेमिनेशन नगरे लाईसेन्सको अक्षरहरु छिटै मेटिने खतरा छ । सरकारले मालिकालाई सुरुको ३५ हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।

यातायात विभागका महानिर्देशक ढकालका अनुसार दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्ने माग छ । तर विभागका मेसिनद्धारा दैनिक २ हजार पनि प्रिन्ट हुदैन ।