माघे संक्रान्ति पर्वको अवसरमा राष्ट्रपतिद्वारा शुभकाना

माघ १, काठमाडौं – राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक मुल्य मान्यता र एकता बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी गरेकी छन् । माघे संक्रान्ति पर्वको अवसरमा शुभकाना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

मुलुकको विशिष्ट सांस्कृतिक सम्पदाभित्र रहेका यस्ता चाडपर्वले मुलुकलाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका हुने राष्ट्रपति भण्डारीको ठहर छ ।

एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने गरिएको नेपाली परम्परा संस्कारले मुलुक मात्र नभई विश्वमै शान्तिको सन्देश फैलिने राष्ट्रपति भण्डारीको भनाइ छ ।