जोतिषआचार्य शिवराज रेग्मी
ज्योतिषां नयनं चक्षुस् चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यही शास्त्रको सहयोगले विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सकिन्छ । तसर्थ ज्योतिषशास्त्रलाई महर्षिहरूले पनि वेदको आँखाका रूपमा व्याख्या गरेका छन् । यो आखाँले नै जीवनलाई सही मार्गमा हिड्न सिकाउँछ ।
मैले जीवनको १६ बसन्त ज्योतिषशास्त्रको लागी अर्पण गरेको छु मानव भएर मानवको नै सेवा गर्ने माध्यम मेरो लागि ज्योतिषशास्त्र बनेको छ । १३ वर्षको उमेरमा भारतको बनारस गएर सँस्कृतका श्लोक पढ्दै सुरु भएको मेरो ज्योतिषशास्त्र अध्ययनको यात्राले नेपाल सँस्कृत विश्वविद्यालयको स्नातकोत्तरबाट औपचारिक बिश्राम लियो । मानव जीवनलाई नजिक बाट चिन्ने र अरुलाई जीेउन सिकाउने कार्यमा भने हिजो भन्दा आज अझ निखारिदैँ गएको महशुस हुन्छ । यस शास्त्रको अध्ययन अनुभव र अभ्यासले अझ यस क्षेत्रमा अगाडि बढ्न र तपाँईको भविष्यलाई सहि निर्देश गर्न मलाई सहयोग गरिरहेको छ ।
२० वर्षको उमेरबाटै सञ्चार माध्यममा आबद्द भएर मानिसका विभिन्न कौतुहलतालाई ज्योतिषशास्त्रको सहयोग लिई मेट्ने प्रयास गरे र आज पनि यसै क्षेत्रमा निरन्तर लागिरहेछु । औपचारिक सञ्चारमाध्यम होस् वा अनौपचारिक भेट तर मेरो उद्देश्य भने सधै ज्योतिषशास्त्रको सहयोग लिएर मानिसको साथमा रहने र उनिहरुको समस्याको समाधान गर्ने बन्यो ।
ज्योतिषी डा नारायणदत्त श्रीमालीका अनुसार ‘जसले जीवनमा ज्योतिषको ज्ञान लिएन, ऊ अन्धकारमा बाँच्यो र मरेपछि पनि ऊ अन्धकारमै हराउनेछ ।’यसै भनाईलाई सिद्द गर्दै पूर्वीय समाजबाट उदायको यस ज्ञानले अहिले पाश्चात्य जगतलाई समेत ठूलो सहयोग गरिरहेको छ । विज्ञानले पनि प्रमाणि गरेको यो पूर्वीयशास्त्रको ज्ञानलाई आज पाश्चात्य क्षेत्रमा समेत फैलाउँन पाउँदा निकै खुशी पनि छु । अनलाईन एप्लिकेशन “योद्या” मा अहिले मानव स्रोत व्यवस्थापकको रुपमा कार्य गर्दै पश्चिममा देशका ग्राहकलाई समेत ज्योतिषशास्त्रको माध्यमबाट सेवा दिएर सन्तुष्ट बनाउन सक्नु यस ज्ञानबाट पाएको ठूलो उपलब्धि हो ।
ज्यातिषशास्त्रको ज्ञान र अवधारणालाई देश विदेशमा फैलाएर यसको महत्वलाई जीवन्त बनाईराख्न यसै क्षेत्रसग सम्बन्धित विभिन्न संस्थहरुमा पनि आबद्ध भएको छु । ज्यातिष भन्नु नै जीवनको ऐना हो जसले तपाईको भविष्यलाई तपाँई सामु राख्न सहयोग गर्छ । यसले वर्तमानलाई सही तरिकाले जीउने र भविष्यमा आईपर्ने नराम्रा घटनाबाट बच्न र सहि निर्णय लिएर अगाडी बढ्न सहयोग गर्दछ। हरेक क्षेत्रमा राम्रा नराम्रो सबै पाटो समेटिन्छन । ज्योतिषशास्त्रलाई कमाई खाने भाडो बनाएर समाजमा एउटा नकरात्मक हल्ला फैलाउने ढोगी पनि छन् । तर तपाई पनि सचेत बन्नुहोस् सत्य र ज्ञानी ज्योतिषीको शरण बाट सधै जीवन सही दिशामा अगाडी बढ्ने छ ।
तपाईको जीवनलाई ज्योतिषशास्त्रको माध्यमबाट सुन्दर बनाउने मेरो प्रयासको नयाँ अध्याय अब डिजिटल पत्रकारीताबाट सुरु गरेको छु । यस इमेल खवर डट कममा रहेर तपाईले आफ्नो दैनिक राशिफल, विभिन्न चाडपर्वको जानकारी ग्रहले तपाई हाम्रो जीवनका पारिरहेको प्रभाव र ज्योतिषसँग सम्बन्धित विभिन्न जानकारी दिने प्रयासमा म निरन्तर लागिरहने छु, मेरो ज्ञानलाई अझ निखार्नका लागि तपाईको सल्लाह सुझाव पनि सधै आशा रहने छ ।