१८ वर्ष उमेर पुगेका सबैलाई फौजी तालिम दिनुपर्छ : डा. बाबुराम भट्टराई

पुष ३०, काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले १८ वर्ष उमेरका सबैलाई फौजी तालिम दिनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक कार्यक्रममा बोल्दै उनले सबैलाई फौजी तालिम दिनुपर्नै जोड दिएका हुन् ।

डा. भट्टराईले सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिने बताए ।