माघे संक्रान्तिका लागि मागभन्दा बढी तरुल भित्रियो, सस्तो दरमा बेच्न बाध्य

पुस, ३० काठमाडौं– यस वर्षको माघे संक्रान्तिमा मागभन्दा बढी तरुल बजारमा भित्रिएपछि यस वर्ष तरुलको मुल्य सस्तिएको छ । गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत वर्ष ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको बताएको छ ।  आयात धेरै हुुँदा व्यापारीहरु रहने डरले तरुल सस्तो रुपमा बेच्न बाध्य भएका छन् ।