मन्त्रीबाट कुटिएका सचिव झा अस्पताल भर्ना

पुस, ३० काठमाडौ —प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

उनको गाला, नाक र घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएका सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन्।
मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएका छन् ।आफूले भने अनुकुलको एनजिओमा कार्यक्रम मन्त्रीले यादवलाई कुटपिट गरेका थिए ।