अझै एक दशक सक्रिय राजनीति गर्ने प्रचण्डको धोको

पुस ३०, काठमाडौं -नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग अझै एक दशक सक्रिय राजनीति गर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले अबको एक दशक सक्रिय राजनीति, समाजसेवा र जनताको पक्षमा काम गरेर विताउने बताएका हुन् । मान्छेको जीवनको कुनै भर नहुने बताउदै उनले अब सक्रिय राजनीति राष्ट्र सेवा गर्ने समय मात्रै एक दशक जति भएको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले १० वर्षको वीचमा मुलुकमा भएको ठूला परिवर्तन आफ्ना लागि पनि उपलव्धि भएको र अबको १० वर्ष देशको समृद्धि र जनताको जीवनमा सकारात्मक आर्थिक परिवर्तन लागि पहल गर्ने समय उपयूक्त भएको दाबी गरे ।

मधेस, पहाड, हिमाल, महिला लगायत विपन्न वर्गका सबै समुदायको ऋण चुक्ता गर्ने एउटै मात्र विश्वासिलो आधार समृद्धिको बाटो भएको पनि उनको ठहर छि ।

भयानक खुशी, भयानक गर्व र भयानक पीडाको क्षण आफूले पनि ब्यहोरेको भन्दै प्रचण्डले अब राष्ट्र निर्माणमा नयाँ संकल्पका सहित अगाडी वढ्ने उद्घोष गरे ।

मुलुकमा अहिले धेरै परिवर्तन भएको भएपनि जनताको पक्षमा भनेजस्तो अझै नभएकोले काम नभए कांग्रेस वा कम्युनिस्ट कुनै पार्टीको पनि औचित्य नहुने पनि बताए । राष्ट्र र जनतालाई कसले के दियो सामाजिक रुपान्तरण बढि छ भन्ने कुरा जनताले जाँच्ने आधार भएको पनि प्रष्ट पारे ।

विगतमा झै सरकार परिवर्तन भइरहने अवस्था अब नरहेकोले अबसर र समयको सदुपयोग गर्न नसके मुलुक फेरि खतरामा पर्न सक्ने सम्भावना भएको उल्लेख गरे । उनले अझै पनि जनताप्रति इमान्दार नेता र पार्टीको आवश्यकता र औचित्य रहेको बताए ।