इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जीत

पुस २९, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जीत हासिल गरेको छ । चेल्सीले न्युक्यास्टललाई हराउदै विजयी भएको हो ।

शनिबार राति भएको खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलअन्तरले हराएको थियो । पेड्रो र विलियमले गोली गरी चेल्सीलाई जिताएका हुन् । यता, न्युक्यास्टलको लागि भने कैयरन क्लार्कले गोल गरे ।

खेलको १० मिनट नहुदै पेड्रोले गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यतिर क्लार्कले चेल्सीलाई गोल खुवाएको थियो । त्यसपछि चेल्सीविरुद्ध न्युक्यास्टल १–१ गोलको बराबरीमा पुगेका थिए ।

पहिलो हाफमा बराबरी भएको खेल दोस्रो हाफमा चेल्सीले थप एक गोल गरेको थियो । चेल्सीका तर्फबाट विलियमले ५७औं मिनेटमा गोलगरेपछि २–१ अन्तरले विजयी भएको थियो ।

जितपछि चेल्सी २२ बाट ४७ अंक बनाई लिगको चौथो स्थानमा पुगेको छ । हारेको न्युक्यास्टल लिगको १८औं स्थानमा छ ।