प्रहरीले गोली चलाउँदा भैरहवामा एक जना तस्करको मृत्यू

पुस २९, रुपन्देही – भैरहवामा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । रुपन्देहीको भैरहवामा प्रहरीले गोली चलाउँदा एक जना तस्करको ज्यान गएको हो ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा गरिरहेको प्रहरीलाई भारतीय मोटरसाइकलमा आईरहेको तस्करको समूहले गोली प्रहरी गर्दा एक जना प्रहरी पनि घाइते भएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए ।

त्यसपछि प्रहरीको जवाफी कारबाहीमा गोली लागी घाइते भएका तस्करको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी गराए ।