तरुण दलको विरोध कार्यक्रम सार्वजनिक

पुुस, २८ काठमाडौ —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सातै प्रदेशमा विरोध गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ ।
वाइड बडी जहाज खरिदमा भएको अनियमितता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सरकारले दोषी पहिचान गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नुजस्ता मुद्दा सातै प्रदेशमा हुने विरोध सभामा तरुण दलले उठाउने भएको छ ।