‘विवेकशील साझा पार्टी विचलित नभइकन अगाडि बढ्ने छ । ’—रवीन्द्र मिश्र

पुुस,२८ काठमाडौं — विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीबाट छुट्टिए पनि विचलित नभइकन अघि बढ्ने बताएका छन् । शनिबार पार्टी कार्यालयमा बखुन्डोलमा आयोजित अन्तरक्रियामा बोल्दै विवेकशील साझा पार्टीका संयोजक मिश्रले भने ‘विवेकशील साझा पार्टी कत्ति पनि आफ्नो मार्गबाट विचलित नभइकन मूल्य मान्यता, विधि र प्रक्रियासहित अगाडि बढ्नेछ ।’
गएका अर्का संयोजक उज्ज्वल थापा समूहलाई उनले शुभकामना दिएका छन् । उनले अगाडि भने ‘जो छुट्टिएर गएका साथी हुनुहुन्छ उहाँहरुलाई हाम्रो शुभकामना छ। उहाँहरुले राम्रो गरेर जानुभयो भने अलिकति मन बाँझिए पनि हामी सबै राम्रै रछौँ भनेर चित्त बुझाउने छौँ ।’