थाइल्याण्डमा जारी वुमन्स टी–२० स्म्यास क्रिकेटमा नेपालद्वारा चीन १० विकेटले पराजित

पुस, २८ काठमाडौँ — थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेकक्नोलोजी मैदानमा जारी वुमन्स टी–२० स्म्यास क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ

थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको चीनले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनायो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीन ४८ रनमै सीमित हुन पुग्यो । नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरी थापाले ४ ओभरमा १ ओभर मेडन राख्दै ६ रन मात्र दिइन् । उनले २ विकेट लिइन्।

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा र्गयो। नेपालको जितमा अविजित रहेका सीता राना मगर र काजल श्रेष्ठले क्रमशः २४ र १४ रन बनाए । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन् ।