प्रदेश पाँचका लेखा समिति सभापति चौधरीद्धारा गाडी फिर्ता

पुुस,२८ काठमाडौ —प्रदेश पाँचका लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्।
सचिवालयले हालै खरिद गरेका गाडी बजार मूल्यभन्दा महंगोमा खरिद गरी आर्थिक अनियमितता भएको आलोचना पछि चौधरीले शुक्रबार गाडी फिर्ता गरेका हुन् ।
सभापति चौधरीले सचिवालयका जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई आफूले प्रयोग गर्दै आएको लु १ झ ४४१ नं. को गाडीको चाबी फिर्ता गरेका छन् ।
प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा गाडी खरिद गरेको थियो ।