३७ हजार कर्मचारी समायोजनको पक्षमा, ५६ हजारले अनलाइन फारम भर्ने तयारी गर्दै

पुस २७, काठमाडौं – नेपालका ३७ हजार कर्मचारी समायोजनको पक्षमा उभिएका छन् । समायोजनको मिति सकिदै गर्दा समायोजनको फारम भर्नेको सँख्या ह्वात्तैै वढेपछि यस्तो देखिएको हो ।

दैनिक फारम भर्ने कर्मचारीको संख्या चार हजारबाट एकैचोटी आठ हजारसम्म पुगेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै तहमा फाराम भर्नेको संख्या दोब्वर भएको बताए ।

समायोजनको फारम भर्न पाँच दिनमात्रै बाँकी रहँदा फारम भर्नेको सख्या बढेको ‘उनको धारणा छ ।

करीब ३६ हजार ९६७ कर्मचारी समायोजन पक्षमा देखिएका छन् । त्यसैगरी करीब ५६ हजार ५०० कर्मचारीले पनि समायोजनका लागि अनलाइन फारम भर्ने तयारी गरिरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस ११ गते २१ दिने सूचना निकाल्दै कर्मचारी समायोजनका लागि अनलाइन फाराम खुलाएको थियो ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ बमोजिम संघका लागि ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहका लागि ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।