सरकारको काममा कांग्रेसले तनाव नलिएकै राम्रो— पुष्पकमल दाहाल

 

पुस, २७ काठमाडौ —नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका काममा नेपाली कांग्रेसले तनाव लिन आवश्यक नभएको बताए । शुक्रवार गोरखाको आरुघाटमा आयोजित दोस्रो आरुघाट महोत्सवलाई सम्बोधन गर्दै उनले भने ‘सरकारको कामको बारेमा कांग्रेसले धेरै टेन्सन लिनुपर्दैन, हामी राम्रो गरौँला, हामीले नसके कांग्रेस आउला, अरु आउने कोही छैन।’

नेकपापछि कांग्रेस नै रहेको बताउँदै उनले नसकेमा अन्य पार्टी आउने कोही नरहेकाले तनाव नलिन कांग्रेका नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
सरकार र प्रतिपक्ष सबै मिलेर सम्वृद्ध मुलुक निर्माण गर्न तर्फ लाग्नुपर्ने उनले बताएका छन् ।