पुस, २७ काठमाडौ — इलाममा १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो ।
राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। राति डा. केसीको प्रेसर घटेको थियो । कासीले १५ औं सत्याग्रहका क्रममा साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन्।
अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, छाती दुख्ने र पसिना आउने समस्या
