पृथ्वीनारायणशाहसंगको साइनो भजाएर, राजतन्त्र फर्कने सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

पुष २६, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले कडा संघर्ष र बलिदानीबाट मिल्काईएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कन नसक्ने दाबी गरे ।

विहिवार दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो दाबी गरेका हुन् ।

मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना छैन । यदि त्यो राजतन्त्र व्यूँताउने सपना देखेको भए त्यो मित्था हुनेछ, उनले भने, “पृथ्वीनारायणशाहसंगको साइनो भजाएर, कुनै पनि बहानामा अब राजतन्त्र फर्किन्छ भनेर नसोचे हुन्छ, ”

उनले पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन भने, “वास्तवमा राजतन्त्र फर्काउने सपना देख्नु प्रतिगामी मात्रै हुनेछ ।”

त्यसो त प्रधानमन्त्री ओलीले नेपाल एकीकरण गरेको तथ्य काट्न नमिल्ने भन्दै पृथ्वीनारायण शाहप्रति अनावश्यक गर्न नहुने बताए ।

उनले नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेकै कारण नेपाल आज स्वाधीन राष्ट्र भएकाले यो ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने विचार पनि अघि सारे ।