अमेरिकाको इन्डो प्यासिफिक कमाण्डर काठमाडौंमा

पुष २६, काठमाडौं– अमेरिकाको इन्डो प्यासिफिक कमाण्डर काठमाडौं आईपुगेका छन् ।

पछिल्लो १७ वर्षमा पहिलो पटक अमेरिकाले नेपालका उच्च अधिकारीलाई निम्तो दिएपछि प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल फिलिप एस. डेभिडसन नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हन् ।

कमाण्डर डेभिडसनको प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका वीचमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम तय भएको छ । अमेरिकी कमाण्डरले नेपालको दुई दिने भ्रमणका क्रममा नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि अवलोकन गर्ने भएका छन् ।

कमाण्डर डेभिड्सनले आज बिहीवार जङ्गी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गरे । भेटघाटमा नेपालस्थित अमेरिकी राजदूत र्‌यान्डी बेरि पनि उपस्थित भएका थिए ।

यस अघि गत पुस ३ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेयोबीच अमेरिकाको बाशिङटन डिसीमा अमेरिकी इन्डो–प्यासेफिक रणनीतिको विषयलाई छलफल भएको थियो ।