सरकारले गर्यो १३ कर्णेल सरुवा

पुस, २६ काठमाडौँ — मन्त्रिपरिषद् बैठकले १३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् । सरकारले ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।