नेपाल–फ्रान्स सद्भावना दूत शृंखला खतिवडा नियुक्त

पुस,२५ काठमाडौं — मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन् । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएकी हुन्।
परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए ।