चेल्सी टटनह्यामसँग १–० पराजित

पुुस , २५ काठमाडौ —सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई हराउँदै टटनह्यामले ईएफएल कपको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
गएरातीे भएको खेलमा १–० को संर्घषपुर्ण जित निकाल्दै टटनह्याम फाईनल नजिक पुगेको हो ।
दोस्रो लेग जनवरी २४ मा चेल्सीको घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा हुनेछ । अर्को सेमिफाईनलमा आज राती म्यानचेष्टर सिटी र बुर्टोन एल्बियन आमने सामने हुनेछन् । सिटिको घरेलु मैदान ईतिहाद स्टेडियममा नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ ।