नेपाल–फ्रान्स परामर्श बैठक आज बस्दै

पुुस, २५ काठमाडौं – नेपाल–फ्रान्स परामर्श बैठक राजधानीमा हुँदैछ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार (आज) नेपाल आइपुग्ने छ ।

फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीको निमन्त्रणामा आज अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुने भएका छन् ।