लोकसेवा आयोगद्धारा १९१ नायब सुब्बाका लागि दरखास्त आव्हान

पुस, २५ काठमाडौ —लोक सेवा आयोगले १९१ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ । धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ । इच्छुक कर्मचारीले माघ १५ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।