कर्मचारी समायोजनबारे राष्ट्रिय सरोकार समितिमा आज छलफल हुुदै

पुुस,२३ काठमाडौ — कर्मचारी समायोजनको विषयमा छलफल गर्न राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई बोलाएको छ ।
कर्मचारी समायोजनको विषयमा भइरहेको प्रगतिका विषयमा छलफलका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बोलाएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका दुबै सदनबाट अध्यादेश स्वीकृत भएपनि संसद छलेर सरकारले अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेशको विरोध गर्दै आएको छ । यद्धपी समायोजनमा जान चाहने कर्मचारीले भने मन्त्रालयले तय गरेको कर्मचारी विवरण फारम भरेका छन् ।