पुस, २२ काठमाडौ —बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । उनले पन्ध्रौं ओभरको दोस्रो बलमा कोमिला भिक्टोरियाका अनमुल हकको विकेट लिएका हुन् । उनी सिल्हेट सिक्सर्स क्लबबाट खेलिरहेका छन् ।
यसअघि बाह्रौं ओभरको अन्तिम बलमा लामिछानेले शोएब मलिकलाई आउट गरेका थिए । उनले चार ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएका छन् ।
बिपिएलमा सन्दीपको दोस्रो विकेट
