उपचारको क्रममा पत्रकार मकरध्वज कुलुङको निधन

पुुस, २२ काठमाडौ —पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको निमोनियाका कारण ४८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

राजधानी दैनिकका वरिष्ठ उपसम्पादक राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा उपचारका क्रममा निधन भएको हो ।

मधुमेह र उच्च उक्तचापबाट पीडित राईलाई केही दिनयता ज्वरोले च्यापेपछि शनिबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनका श्रीमती र एक छोरा छन् । उनको कुलुङ संस्कृतिअनुसार सोमबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । रासस