मनाङेलाई सपथ नगराउने सभामुख अधिकारीको निर्णय

पुुस, २२ काठमाडौ — दिपक मनाङेलाई प्रदेशसभा सदस्यमा सपथ नगराउने गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले निर्णण् गरेका छन् । कानुनअनुसार मनाङेलाइ सपथ गराउन नमिल्ने निश्कष निकालेका हुन् ।

आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो । मनाङेलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।
मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।