प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

पुस, २२ काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तताको कारण देखाउँदैं ओलीको सम्बोधन स्थगित भएको थियो ।