फोरेष्ट क्लबलाई हराउदै चेल्सी चौथो चरणमा प्रवेश

पुस २२, काठमाडौं —फोरेष्ट क्लबलाई हराउदै इंग्लिस एफए कप फुटबलमा चेल्सीको जीत हात लागेको छ । अल्भारो मोरटाले दुई गोल हानेपछि चेल्सीलाई जीत हात परेको हो ।

शनिबार रातिको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले हराउदै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । पहिलो हाफसम्म कुनै पनि समुहले गोल नगरेको खेलमा हाफपछि चेल्सीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

खेलको ४९ मिनेट जाँदा मोरटाले गोल गरेपछि चेल्सी अगाडी बढेको थियो । त्यसैगरी खेलको ५९ औं मिनेटमा अर्को गोल गरेपछि चेल्सीले २ अंकले जितेको हो ।
बाँकी समयमा कसैको पनि गोल हुन सकेन ।