टेलिकमको प्रबन्ध निर्देशकका लागि ३ जना सिफारिस

पुस २०, काठमाडौं —नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ३ जनाको नाम सिफारिस गएिको छ । प्रवन्ध निर्देशकका लागि आवेदन दिएका ११ जनामध्ये ३ जनाको नाम सिफारिस गरिएको हो ।

सिफारिस हुनेहरुमा संगीता पहाडी अर्याल, डिल्लीराम अधिकारी र बुद्धिप्रसाद आचार्य रहेका छन् । सचिव महेन्द्रमान गुरुङ संयोजक रहेको समतिले ३ जनालाइ सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सिफरिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषदले छनोट गरी प्रवन्ध निर्देशक नियुक्त गर्नेछ । कामिनी राजभण्डारी बर्खास्त भएपछि प्रवन्ध निर्देशक पद अहिले खाली अबस्थामा छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रवन्ध निर्देशक नियुक्तिका गत मंसिर २९ गत आवेदन खुलाएको थियो ।