सुबिसुसँगको सहकार्यमा महानगरका प्रहरी कार्यालयमा अब निःशुल्क वाइफाई

पुष, २० काठमाडौ — नेपाल प्रहरीले काठमाडौंमा रहेका कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्ने भएको छ ।

इन्टरनेट सेवाप्रदायक सुबिसुसँगको सहकार्यमा परिसर कार्यालयसहित मातहतका २० प्रहरी कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्न लागिएको हो ।

महानगरका १४ प्रहरी वृत्त र ६ वटा प्रभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पनि सेवाग्राहीले निःशुल्क वाइफाई सेवा लिन सक्नेछन् । एक वर्षपछि यो सुविधा नवीकरण गर्दै जाने प्रहरीले जनाएको छ ।