न्यायाधीश दीपकराज जोशी आजबाट विदामा

पुष, २० काठमाडौ —प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पहिलो टार्गेट बनेका न्यायाधीश दीपकराज जोशी शुक्रबारदेखि सोमबारसम्म विदामा बस्ने भएका छन् ।
बिहिबार अदालत पुगेका उनी आफ्नो कार्यकक्ष हेरफेर भएको थाहा पाएपछि हाजिर गरेर फर्केका थिए । जोशीलाई सर्वोच्च अदालतको बरिष्ठतम न्यायधीश र न्यायपरिषद्को सदस्यबाट समेत हटाइएको थियो । प्रधानन्यायाधीश राणाले गत बुधबारदेखि नै उनलाई मुद्दाको पेशी तोक्न छोडेका थिए ।

संसदको सुनुवाई समितिले उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो ।