वाइडबडी खरिद प्रकरणको अनियमितता छानविनका लागि उच्चस्तरीय आयोग गठन

पुस २०, काठमाडौैं — वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताको चेकजाँचका लागि उच्चस्तरीय छानविन आयोग गठन भएको छ ।

सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी विमान खरिद भ्रष्टाचार भएको निक्यौल गर्दै सरकारले अनियमिततामाथी छानविन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको हो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत सचिव तथा पूर्व मन्त्रीहरुलाई सार्वजनिक लेखा समितिको उपसमितिले कारबाहीको सिफारिस गरेपछि वाईडवडी प्रकरणमाथी छानविनका लागि सरकारले यस्तो कदम चालेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा आयोग गठन गरेको छ । छनाविन आयोगको सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेण्ड मदन शर्मा पनि रहेका छन् ।

जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम ओगाय गठन भएको हो । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्वेवारी दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी गराए ।

अत्यन्तै संवेदनसिल सार्वजनिक मुद्धाको जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’ भनी मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।