सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी मुद्धा हेर्नबाट वञ्चित

पुष १९, काठमाडौं —सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्धा हेर्नबाट वञ्चित भएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो पद ग्रहण गरी दैनिक पेसी तोकेपछि वरिष्ठ न्यायाधीश जोशीलाई मुद्दा हेर्नबाट वञ्चित गरिएको हो ।

जोशी प्रधानन्यायाधीशको सिफारिसमा पहिले नै संसदीय विशेष सुनुवाइ समितिद्धारा अस्वीकृत भएका व्यत्ति हुन् ।
मुद्दा हेर्न नपाए पनि वरिष्ठत न्यायाधीश दीपकराज जोशीले बुधबार सर्वोच्च अदालतमा हाजिर भई नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाईं पनि दिएका थिए ।

मुलुकको २९ औं प्रधानन्यायाधीशको रुपमा नियुत्त राणाले बुधबार दैनिक पेसी तोकेका थिए। वरिष्ठ न्यायधिसका रुपमा अदालतलाई वन्धक वनाउन नमिल्ने भन्दै राणाले अदालतलाई विभिन्न अवरोधहरुबाट फुकुवा गर्न जोशीलाई आग्रह समेत गरेका छन् ।

प्रधानन्यायधिस राणाले जोशीलाई अप्ठारो पार्न नभई संसदीय समितिको मर्म र भावना अनुकुल काम गर्न पेशी तोकेको बताएका छन् ।
राणाले न्यायालयमा सर्वसाधारणको पहुँच बढाउने गरी काम गर्ने र न्यायालयमा भ्रष्टाचार, बिचौलिया, ढिलासुस्ती लगायतका समस्याको अन्त्य गर्ने बताए ।

उनले पत्रकारलाई आग्रह गर्दै न्यायालय र न्यायाधीशका बारेमा किताबी, साहित्य, कविता नभई यथार्थमा आधार सुचना तथा समाचार संप्रेषण गर्न भने ।

राणा प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकामा देशमा वढ्दै गईरहेको अनियमितता र भ्रष्टाचार न्यायलयमा समेत हुन सक्ने भन्दै यसप्रति शून्य सहनशीलता अपनाउन सम्वन्धित निकायलाई जिम्मेवार बनाउने योजना ल्याउने बताए ।