तेलको भाउ फेरी घट्यो

पुष १९, काठमाडौं — नेपाल आयल निगमले तेलको मुल्य फेरी घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर २ रुपैया घटाएको हो

बुधबार मध्यरातिबाट लागू भएको तेलको भाउमा अब पेट्रोल लिटरको १०८ रुपैयाँ र डिजेल मट्टितेलको ९५ रुपैयाँप्रति लिटर भएको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको भाउ घटेको र अमेरिकी डलरको तुलनामा नेपाली पैसा केही बलियो भएकाले तेलका मूल्यमा समायोजन गरिएको आयल निगमले जनाएको छ ।

अझैपनि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा फाईदा हुने निगमले वताएको छ तर एलपी ग्यासमा भने प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।