वाईड बडी खरिद प्रकरणमा मन्त्री रविन्द्र अधिकारी सहित वहालवाला सचिव र पुर्वमन्त्री मुछिए ।

१८ पुस, काठमाडौं —वाइड बडी खरिद प्रक्रियाको विषयले अहिले देशैभरी चर्चा पाएको छ ।

संसदीय उपसमितिले मन्त्री रवीन्द्र अधिकारीसहित वहालवाला दुई सचिव र पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही प्रक्रियाको सिफारिस गरेपछि वाइडबडी खरिद प्रकरणको विषय चर्चामा पुगेको हो ।

संसदीय लेखा समितिको उपसमतिले ४ अर्ब ३५ करोड चुहावट भएको निश्कर्ष सहित प्रतिवेदन निकालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि कारबाहीको सिफारिसमा परेका हुन् ।

यता मन्त्री रविन्द्र अधिकारीले भने पर्यटनमन्त्री भएकै कारण आफुलाई बदनाम गर्न खोजिएको बताएका छन् । आफू मन्त्री हुनुभन्दा पहिले नै वाइडबडी खरिद प्रक्रिया अगाडी वढिसकेको र अहिले यसको नेतृत्व पर्यटन मन्त्रालयले गरेकाले आफ्नो नाम जोडिएको बताउदै मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिदमा मेरो कुनै हात छैन, समय आएपछि आफै प्रमाणित हुन्छ ।’

जहाज खरिद प्रक्रिया विवादित हुँदै गर्दा अन्तिम भुक्तानी किन दिईयो भन्ने प्रश्नमा मन्त्री अधिकारीले आफू मन्त्री नहुँदै रकम भुक्तान भएको सपष्टिकरण दिएका छन् ।

यस विषयमा स्पष्ट पार्न विज्ञप्ति निकाल्ने तयारी भएको मन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ ।  वाईड वडि प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्वसचिव शंकर अधिकारी पनि कारवाहीको दायरामा परेका छन् ।