पुष १८, काठमाडौं । नियुत्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वोच्च अदालतको जिम्वेवारी ग्रहण गरेका छन् । आज विहान शितल निवासमा सपथ ग्रहण गरेलगत्तै सर्वोच्च पुगेर जबराले कार्यभार सम्हालेका हुन् ।
चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमसेरका चौथो पुस्ताका सन्तान पनाति हुन् । उनी वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन् । उनका वुवा युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए ।
राजनीतिमा नलागेका उनी पैरवी गर्दा गर्दै, ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश थिए । अस्थायी न्यायाधीश पछि उनी विशेष अदालतको सदस्य पनि भए ।
१९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका उनी ०७१ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरिएका थिए ।
कानूनमा स्नातक (डीएल) अध्ययन गरेका उनले सन् २०१३ मा कोरियाबाट न्यायालयको विकास तालिम पनि प्राप्त गरेका छन् ।